दफा ४५
मतगणनाको सूचना
(१) स्थानीय तहको निर्वाचनको मतगणना गर्ने स्थान तोकी निर्वाचन
अधिकृतले सूचना प्रकाशन गर्नु पर्नेछ ।
(२) स्थानीय तहको कुनै पदको निर्वाचनको लागि मतदान गर्न निर्धारित सबै मतदान केन्द्रमा मतदानको लागि प्रयोग गरिएका सबै मतपेटिका प्राप्त गरिसकेपछि निर्वाचन अधिकृतले मतगणना गर्ने मिति र समय तोकी उम्मेदवारको जानकारीको लागि सूचना प्रकाशन गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको सूचनामा मतगणनाको लागि उम्मेदवारले आफ्नो निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि मनोनयन गरी मतगणना गर्ने स्थानमा पठाउनु पर्ने व्यहोरा समेत उल्लेख गर्नु पर्नेछ ।